काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्येक जिल्लाबाट सय जनाको दरले कार्यकर्ता पोखरा पुग्न निर्देशन जारी गरेको छ । सभापति रवि लामिछाने पक्राउ परेपछि विरोधका लागि रास्वपाले नेता कार्यकर्तालाई पोखरा उतारेको छ । केन्द्रीय सचिवालयको निर्देशन अनुसार प्रदेश कमिटीले मातहतमा सन्देश प्रवाह गरेका छन् । शनिबार मध्यरातमा मातहतका पार्टी संरचनालाई म्यासेज गरेर जति सक्दो कम्तीमा सय जनाको दरले पोखरा पुग्न भनिएको छ ।
मध्यरातमा प्रसारित सन्देशमा भनिएको छ, ‘जति सक्दो छिटो कम्तीमा प्रत्येक जिल्लाबाट सय जनाको दरले पोखरामा मास उतार्नुपर्ने भन्ने केन्द्रीय पार्टी सचिवालयको निर्देशन भर्खर ११. ३० मा सूचना प्राप्त भएकोले जिल्ला केन्द्रीत कार्यक्रममा भन्दा पोखरा उपस्थित हुन हार्दिक अनुरोध गरिन्छ ।’ कार्यकर्तालाई पठाइएको सन्देशमा त्यसैले सक्दो छिटो पोखरा ‘मुभ’ हुन आग्रह गरिएको छ ।
सहकारी ठगी प्रकरण रास्वपा सभापति लामिछानेलाई प्रहरीले पक्राउ गरी शनिबार विहान पोखरा पुर्याएको छ । लामिछानेलाई आज अदालतमा पेश गरिँदै छ । लामिछाने पक्राउको विरोधमा काठमाडौं र पोखरामा शनिबार रास्वपाले विरोध प्रदर्शन गरेको थियो । रास्वपाले आज पनि पोखरामा विरोध प्रदर्शन गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ कार्तिक २०८१, ११ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै
रास्वपाद्वारा ७७ वटै जिल्लामा अधिवेशनका लागि निर्वाचन समिति गठन
भारतको पाँच दिने भ्रमण सकेर रास्वपा सभापति लामिछाने नेपाल फर्किए
तनहुँका नौ पालिकामा रास्वपाको नयाँ नेतृत्व
रास्वपा सचिवालय बैठक बस्दै, यी हुन् छलफलका विषय
रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदै