काठमाडौं । कैलाली र बाँकेबाट २७ जना जुवाडे पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका-१ पशुपती टोलस्थित कमल मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१ बस्ने ४१ वर्षीय कमल राज अधिकारी समेत १२ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २७ हजार ६५ रूपैयाँ र १ गड्डी तास सहित पक्राउ गरेको हो ।
यसैगरी बाँकेको नेपालगंज उपमहानगरपालिका-१६ स्थित खेतमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने १५ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय नेपालगंज र इलाका प्रहरी कार्यालय जमुनाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २९ हजार ३ सय ६१ रूपैयाँ, लङगुर बुर्जा खेलाउने गोट्टी १ सेट र ८ गड्डी तास सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको ४ थान मोटरसाइकल, १ थान स्कुटर र १२ थान मोवाइल प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ कार्तिक २०८१, १६ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरुवा बन्दुकसहित एक पुरुष पक्राउ
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २३ वर्षपछि पक्राउ
दाजुको हत्या गरी फरार युवक पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
गोली प्रहार गरेर भारतीय नागरिक पक्राउ
स्रोत नखुलेको १० लाख नगदसहित भारतीय नागरिक पक्राउ