काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले संगठित अपराधी अहिलेको मन्त्रिपरिषद्मा रहेको आरोप लगाएका छन् । सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा आयोजित विरोध कार्यक्रममा बोल्दै उनले बदलाको भावनाले सरकार अघि बढेको बताए ।
उनले भने, ‘प्रधानमन्त्रीले पार्टीका कार्यालय बनाउन स्वार्थ बाँझिने गरी व्यवसायीसँग जग्गा लिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर बेच्ने गिरोह संगठित अपराधी त अहिलेको मन्त्रिपरिषद्मा छन् । उनीहरुबाट ध्यान मोड्न अहिलेको यो काम भइरहेको छ ।’
बेचन झा पक्राउ गरेको २४ घण्टाभित्र सरकार ढाल्नुको कारण जनताले बुझेको उनको भनाइ छ । उपसभापति वाग्लेले रविलाई एक दिन भए पनि जेलमा राख्न सकिएन भने आफ्नो राजनीति सकिने भयो भन्नेहरुले बदलाको भाव देखाएको जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ कार्तिक २०८१, १५ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशमा दोहन र लुटतन्त्रका प्रतिवेदनहरू हेर्दा आङ नै सिरिङ्ग हुन्छः वाग्ले
वाचापत्र दोहोर्याएर पढ्न नवनिर्वाचित सांसदहरूलाई डा. स्वर्णिम वाग्लेको आग्रह
स्वर्णिम वाग्लेको चुनाव खर्च २६ लाख ९० हजार
तनहुँ–१ मा स्वर्णिम वाग्ले अगाडि
बालेन्द्र शाह अब रास्वपा नेता : स्वर्णिम वाग्ले
संसद्को वैधता सकिएकोले पुनर्स्थापना हुँदैन : स्वर्णिम वाग्ले