बिहार । बिहारको सिवान र सारण जिल्लामा विषाक्त मदिराका कारण कम्तीमा २४ जनाको मृत्यु भएको छ । मुख्यमन्त्री नितिश कुमारले यस विषयमा भइरहेको उच्चस्तरीय छानबिनको समीक्षा गरेका छन्।
मृत्युको बारेमा जानकारी दिँदै बिहारका डीजीपी आलोक राजले भने, ‘अहिलेसम्म विषाक्त मदिरा सेवनका कारण २४ जनाको मृत्यु भएको पुष्टि भएको छ । सिवान जिल्लामा २० जनाको मृत्यु भएको छ भने सारण जिल्लामा चार जनाको मृत्यु भएको हो ।
‘सरण जिल्लाको मसरख क्षेत्र र सिवानको भगवानपुर बजार क्षेत्र मुख्य रूपमा प्रभावित भएका छन्। राज्य सरकारले यो घटनालाई गम्भीरताका साथ लिएको छ र बिहार पुलिस कडा कारबाही गर्न तयार छ,’ उनले भने ।
डीजीपीका अनुसार घटनाको जानकारी पाएपछि बिहार पुलिस अधिकारीहरूले प्रभावित क्षेत्रको भ्रमण गरेको छ । साथै शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ कार्तिक २०८१, १५ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खेत रोप्न गएकी महिलाको नदीमा डुबेर मृत्यु
लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु