पाल्पा । पाल्पाको तानसेन नगरपालिका–१२ मा एक चितुवा मृत फेला परेको छ । चण्डीभन्ज्याङ्ग–जोर्ते सडकको नालीमा सोमबार चितुवा मृत फेला परेको हो । चितुवा मृत्युको कारण खुलेको छैन ।
डिभिजन वन कार्यालयका अनुसार पुच्छर नभएको अवस्थामा मृत फेला परेको चितुवा ४३ इन्च लम्बाइ र २७ इन्च उचाइको छ । उक्त चितुवालाई डिभिजन वन कार्यालय, प्रहरी, सामुदायिक वन, वडा कार्यालयका जनप्रतिनिधि र स्थानीयको रोहबरमा डिभिजन वन कार्यालय परिसरमा गाडिएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २९ असोज २०८१, ११ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितुवाले आक्रमण गर्दा महिलाको मृत्यु
बन्दीपुरमा चितुवा समात्न प्राविधिक परिचालन
चितुवा आतङ्कले मेचीनगरवासी त्रसित