पाल्पा । पाल्पाको तानसेन नगरपालिका–१२ मा एक चितुवा मृत फेला परेको छ । चण्डीभन्ज्याङ्ग–जोर्ते सडकको नालीमा सोमबार चितुवा मृत फेला परेको हो । चितुवा मृत्युको कारण खुलेको छैन ।
डिभिजन वन कार्यालयका अनुसार पुच्छर नभएको अवस्थामा मृत फेला परेको चितुवा ४३ इन्च लम्बाइ र २७ इन्च उचाइको छ । उक्त चितुवालाई डिभिजन वन कार्यालय, प्रहरी, सामुदायिक वन, वडा कार्यालयका जनप्रतिनिधि र स्थानीयको रोहबरमा डिभिजन वन कार्यालय परिसरमा गाडिएको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २९ असोज २०८१, ११ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितुवाले आक्रमण गर्दा महिलाको मृत्यु
बन्दीपुरमा चितुवा समात्न प्राविधिक परिचालन
चितुवा आतङ्कले मेचीनगरवासी त्रसित
मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट आठ च्याङ्ग्रा मरे
तनहुँको बन्दीपुरमा चितुवा आतङ्क, सावधानी अपनाउन आग्रह
चितुवाको आक्रमणबाट बालकको मृत्यु