बर्दिया । बुधबार साँझ बर्दियामा चितुवाले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बारबर्दिया नगरपालिका-११ बेलभारकी ५५ वर्षीय खिदनी थारू छिन्।
गाउँनजिकै रहेको आफ्नो बारीमा तोरी काटिरहेको समयमा बुधबार साँझ करिब साढे ५ बजेतिर उनलाई चितुवाले आक्रमण गरेको हो।
नजिकै अन्य किसान पनि तोरि काटिरहेको बेला थारुलाई एक्कासी चितवुवाले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन्।
चितुवाको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको हो। उनको शव पाेस्ट मार्टमकाे लागि बर्दिया अस्पताल गुलरियामा राखिएको छ।
डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी रामगोपाल थारूका अनुसार पछिल्लो समय बर्दियामा चितुवासहितका वन्यजन्तुको आतंक बढ्दै गएको छ।
गएको साउन यता मात्रै बर्दियामा वन्यजन्तुको आक्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ माघ २०८२, ०८ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बन्दीपुरमा चितुवा समात्न प्राविधिक परिचालन
चितुवा आतङ्कले मेचीनगरवासी त्रसित
मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट आठ च्याङ्ग्रा मरे
तनहुँको बन्दीपुरमा चितुवा आतङ्क, सावधानी अपनाउन आग्रह
चितुवाको आक्रमणबाट बालकको मृत्यु
चितुवाले आक्रमण गर्दा बालकको मृत्यु