काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले मकवानपुर जिल्लाको इन्द्र सरोवर गाउँपालिका वडा नम्बर ३ स्थित एन्फा वात्सल्यदेबी एकेडेमीमा पहिरोमा परी ६ जना बाल खेलाडीको निधन भएको घटनालाई लिएर सरकारले छानबिन आयोग गठन गर्नु पर्ने माग गरेका छन् ।
अध्यक्ष थापाले सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उक्त घटनालाई लिएर अखिल नेपाल फुटबल संघ (एन्फा) प्रति व्यङ्ग्य पनि गरेका छन् । उनले २०४५ सालमा काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुःखद घटना हुँदा आफूले नैतिकताका आधारमा एन्फाको अध्यक्ष पदबाट राजीनामा दिएको प्रसंग पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ असोज २०८१, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हार स्वीकार्दै कमल थापाले दिए रास्वपाका सस्मित पोखरेललाई बधाई
चुनावको बेला पूर्ण रूपमा यातायात बन्द गर्ने कुरा उपयुक्त होइन: कमल थापा
‘पुरानै घरमा रमाइलो अनुभूति गरिरहेको छु’ : कमल थापा
हेटौँडामा डोजर चलाएकोप्रति थापाको टिप्पणी- ‘कानुनी राज्यको नांगो उपहास’
मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ
‘यथास्थितिको चुनावले देशमा परिवर्तन आउँदैन’ : कमल थापा