बुटवल । लुम्बिनी प्रदेश सभामा नेपाली कांग्रेसको प्रमुख सचेतकमा जमुना ढकाल नियुक्त भएकी छन् । यसअघि प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले दिएको राजीनामा दलका नेता डिल्लीबहादुर चौधरीले स्वीकृति गरी आज बुधबार ढकाललाई प्रमुख सचेतक नियुक्त गरेका हुन् ।
ढकाल रुपन्देहीबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएकी हुन् ।मन्त्रिपरिषद गठनमा असन्तुष्टी जनाउँदै प्रमुख सचेतक तिमिल्सिनाले गत साउन २१ गते राजीनामा दिएका थिए । सुरुमा सरकारमा कांग्रेसबाट सरकारको नेतृत्व तिमिल्सिनाले गर्ने भनिए पनि अन्तिममा मन्त्री बन्ने सूचीबाट उनको नाम हटाइएको भन्दै उनी असन्तुष्ट थिए ।
मन्त्रिपरिषदमा पार्टीबाट महिला प्रतिनिधित्व शून्य बनाइएको भनेर विरोध जनाउँदै आएकी सचेतक निमा गिरीले पनि एक महिना अघि राजीनामा दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ असोज २०८१, १३ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्यसम्पादनमा देशकै उत्कृष्ट बन्यो लुम्बिनी प्रदेश प्रहरी
आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच मन्त्रीको लिए शपथ
लुम्बिनी प्रदेशमा एमालेका चार मन्त्रीले दिए राजीनामा
लुम्बिनी प्रदेश सभा बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने