बुटवल । लुम्बिनी प्रदेश सभामा नेपाली कांग्रेसको प्रमुख सचेतकमा जमुना ढकाल नियुक्त भएकी छन् । यसअघि प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले दिएको राजीनामा दलका नेता डिल्लीबहादुर चौधरीले स्वीकृति गरी आज बुधबार ढकाललाई प्रमुख सचेतक नियुक्त गरेका हुन् ।
ढकाल रुपन्देहीबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएकी हुन् ।मन्त्रिपरिषद गठनमा असन्तुष्टी जनाउँदै प्रमुख सचेतक तिमिल्सिनाले गत साउन २१ गते राजीनामा दिएका थिए । सुरुमा सरकारमा कांग्रेसबाट सरकारको नेतृत्व तिमिल्सिनाले गर्ने भनिए पनि अन्तिममा मन्त्री बन्ने सूचीबाट उनको नाम हटाइएको भन्दै उनी असन्तुष्ट थिए ।
मन्त्रिपरिषदमा पार्टीबाट महिला प्रतिनिधित्व शून्य बनाइएको भनेर विरोध जनाउँदै आएकी सचेतक निमा गिरीले पनि एक महिना अघि राजीनामा दिएकी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ असोज २०८१, १३ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ
जसपाद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
लुम्बिनीमा ११ महिनामा ५९ प्रतिशत मात्रै विकास बजेट खर्च
लुम्बिनी प्रदेशको बजेट मन्त्रिपरिषद् बैठकबाट स्वीकृत
लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि