काठमाडौं । आफ्नै श्रीमती ४५ वर्षीया डोल्मा शेर्पाको हत्या गरी फरार रहेका नुवाकोट दुप्चेश्वर गाउँपालिका-७ घर भएका ६० वर्षीय जित बहादुर भन्ने काले तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
दक्षिणकाली नगरपालिका-६ स्थित डेरा कोठामा डोल्मा शेर्पाको गत वैशाख १९ गते मृत्यु भएको घटनाको अनुसन्धानको क्रममा काले तामाङले कुटपिट गरी हत्या गरी फरार भएको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर, भक्तपुर नगरपालिका-१० छालिङबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान एवम् कानुनी कारवाहीको लागि प्रहरी वृत्त कीर्तिपुर पठाइएको छ

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ असोज २०८१, १३ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या
धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार
जनकपुरमा २० वर्षीय युवकको बीभत्स हत्या