काठमाडौँ । नेपाल प्रहरी र आइसिटापबीच कोडिस सफ्टवेयर कार्यान्वयनसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सोमबार नेपाल प्रहरी र अमेरिकाको न्याय विभाग अन्तर्गतको अन्तर्राष्ट्रिय अपराध अनुसन्धान तालिम सहायता कार्यक्रम (आइसिटाप) बीच संयुक्त डिएनए अनुक्रमण प्रणाली (कोडिस) सफ्टवेयरको कार्यान्वयन सम्बन्धमा समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको हो ।
उक्त एमओयूले नेपाल प्रहरीलाई फरेन्सिक अनुसन्धानमा थप दक्षता प्रदान गर्ने विश्वास गरिएको छ भने कोडिस सफ्टवेयरको प्रयोगले डिएनए प्रमाणको सटीक विश्लेषणमा सुधार आउने र अपराध अनुसन्धान प्रक्रियामा ठूलो फड्को मार्न मद्दत पुर्याउने विश्वास लिइएको प्रहरीले जनाएको छ । यसले अपराधी पहिचान गर्ने र कानुनी प्रक्रियालाई थप प्रभावकारी बनाउने अवसर सिर्जना गर्नेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ असोज २०८१, १५ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा नेपाल प्रहरी श्रीमती संघद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
प्रधानमन्त्री सुशीला कार्कीसँग आईजीपी खापुङको बिदाइ भेट
प्रहरीका चार एआईजीको पदस्थापन
प्रहरीले भन्यो– आईजीपीले राजीनामा दिने कुरा भएको छैन
प्रहरीका ११ जना एसएसपीको डीआईजीमा बढुवा
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान