काठमाडौँ । सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सरकारमा भूमिका विहीन बनाइएको भन्दै असन्तुष्टि जनाएको छ । सधैं भूमिकाविहीन बनाइरहे सरकार छाड्ने चेतावनी नाउपाले दिएको छ ।
नाउपाले केन्द्र सरकारमा पर्यटन राज्यमन्त्री पाएको छ । अरुण कुमार चौधरी राज्यमन्त्रीको जिम्मेवारीमा छन् । तर कामविहीन बनाइएको गुनासो उनको छ । यसैगरी सुदूरपश्चिम प्रदेश सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरी छन् । नाउपाका नेताहरुका अनुसार सुदूरपश्चिम सरकारमा राज्यमन्त्री पनि पाउने सहमति भएको थियो । तर अहिलेसम्म नपाएको गुनासो पनि नाउपाको छ ।
यसैगरी लुम्बिनी प्रदेश सरकारमा सामाजिक विकास मन्त्री दिने मौखिक समझदारी भएको थियो । तर, त्यो पनि कार्यान्वयन नभएको नाउपाको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ असोज २०८१, १२ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नाउपाले लालवीर चौधरीलाई बनायो अध्यक्ष
नाउपा संसदीय दलको नेतालाई रञ्जिताले सोधिन् स्पष्टीकरण
निर्वाचन आयोगमा पुग्यो रञ्जितालाई नाउपा अध्यक्षबाट हटाएको जानकारी
नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठलाई २४ घण्टाभित्र बैठक बोलाउन अल्टिमेटम
नाउपाले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लियो
नाउपाका संरक्षक चौधरी पक्राउप्रति सिके राउतको भर्त्सना