चितवन। पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको टिकौली जंगलमा तीनवटा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु र पाँच जना घाइते भएका छन् ।
आज बिहान सवा ९ बजे रत्ननगर नगरपालिका टिकौलीमा ना४३प ६२४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा बा.प्र.०३-००३प ८६६ नम्बरको स्कुटर र ग१२प ७१७२ नम्बरको मोटरसाइकल ठोक्किदा दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक स्याङजा आँधीखोला गाउँपालिका बस्ने २३ वर्षका रोहन पौडेलको उपचारको क्रममा मृत्यु भएको हो ।
घाइते चार जनाको नयाँ मेडिकल कलेजमा र एक जनाको बकुलहर अस्पतालमा उपचार भैरहेको चितवन जिल्लाका प्रहरीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ असोज २०८१, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा गाडी दुर्घटना : एक जनाको मृत्यु, ३ जना घाइते
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते