चितवन। पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको टिकौली जंगलमा तीनवटा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु र पाँच जना घाइते भएका छन् ।
आज बिहान सवा ९ बजे रत्ननगर नगरपालिका टिकौलीमा ना४३प ६२४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा बा.प्र.०३-००३प ८६६ नम्बरको स्कुटर र ग१२प ७१७२ नम्बरको मोटरसाइकल ठोक्किदा दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक स्याङजा आँधीखोला गाउँपालिका बस्ने २३ वर्षका रोहन पौडेलको उपचारको क्रममा मृत्यु भएको हो ।
घाइते चार जनाको नयाँ मेडिकल कलेजमा र एक जनाको बकुलहर अस्पतालमा उपचार भैरहेको चितवन जिल्लाका प्रहरीले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ असोज २०८१, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु