एजेन्सी । पाकिस्तानको कराचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको विस्फोटमा परेर दुई चिनियाँ नागरिकको मृत्यु भएको छ । पाकिस्तानमा रहेको चिनियाँ राजदूतावासका अनुसार सिन्ध प्रान्तमा कार्यरत चिनियाँ इन्जिनियरहरूको कारकेडलाई निशाना बनाएर विस्फोट गराइएको बताएको छ ।
दूतावासका अनुसार विस्फोटमा परेर थुप्रै पाकिस्तानी नागरिकको मृत्यु हुनका साथै घाइते भएका छन् । घटना स्थानीय समयअनुसार आइतबार राति ११ बजे घटेको थियो । घटनामा मृत्यु हुनेको यकिन सङ्ख्या सार्वजनिक भएको छैन ।
पछिल्लो समय चिनियाँ नागरिकमाथि आक्रमण गर्दै आएको पृथकतावादी बलोचिस्तान लिबरेसन आर्मी (बीएलए) ले पछिल्लो घटनाको जिम्मेवारी लिएको छ । सोमबार जारी विज्ञप्तिमा समूहले चिनियाँ इन्जिनियर र लगानीकर्ताको कारकेडलाई निशाना बनाएको बताएको छ ।
चिनियाँ दूतावासका अनुसार चिनियाँ लगानीको पोर्ट कासिम पावर जेनरेसन कम्पनी लिमिटेडका इन्जिनियरहरुलाई निशाना बनाइएको थियो । कम्पनीले कराची नजिकै दुई कोइलाको पावर प्लान्ट बनाउने लक्ष्य लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ असोज २०८१, ०८ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र
भरतपुर विमानस्थलमा इन्धन ‘रिफिलिङ’ सेवा सुरु
सिमकोट विमानस्थल चलायमान, एकै दिन १६४ उडान–अवतरण
ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई सेवा ठप्प
कतारमा इरानी मिसाइल आक्रमणको प्रभाव त्रिभुवन विमानस्थलमा देखियो
पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला