बिराटनगर । कार र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा नेपाल प्रहरीका जवानको मृत्यु भएको छ ।
आइतबार साँझ मोरङको बेलबारी नगरपालिका–८ चिसाङ पुलनजिक दुर्घटना हुँदा ३२ वर्षीय प्रहरी जवान चित्रसागर राईको मृत्यु भएको हो । राई मोटरसाइकलमा सवार थिए ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ०७३४ नम्बरको कार ठोक्किएर दुर्घटना भएको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले बताए ।
जोशीका अनुसार संखुवासभाको सिलिचुङ गाउँपालिका–२ घर भएका राई सुनसरीको अस्थायी प्रहरी चौकी नडाहामा कार्यरत थिए । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उद्धार गरेर उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो ।
अस्पताल पुर्याउनासाथ चिकित्सकले राईलाई मृत घोषित गरेका हुन् । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ ।
प्रहरीले कार र त्यसका चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–९ का ३० वर्षीय दुलाल मियाँलाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ असोज २०८१, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रोल्पामा जिप दुर्घटना, चालकको मृत्यु, तीन जना घाइते
कपिलवस्तुमा बस दुर्घटना, एकजनाको मृत्यु, पाँच घाइते
बैतडीमा जीप दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते
सोलुखुम्बुको लोबुचेमा हेलिकोप्टर दुर्घटना
दमकमा बस दुर्घटना, १ जनाको मृत्यु, २१ घाइते
काँकरभिट्टा गइरहेको रात्रिबस झापामा पल्टियो