काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अङ्ग्रेजी शब्द नआएर ‘डाँफेज’ र ‘गैंडाज’ शब्द प्रयोग नगरेको दाबि गरेका छन् ।
शुक्रबार फेसबुकमा एक पोष्ट गर्दै महासचिव पोखरेलले प्रधानमन्त्री ओलीले अमेरिका भ्रमणका क्रममा अङ्ग्रेजी भाषणमा ‘डाँफेज’ र ‘गैँडाज्’ शब्द प्रयोग गरेको सन्दर्भमा सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई ती शब्दको अङ्ग्रेजी नआएको भनेर मजाक गरिएको सन्दर्भमा अङ्ग्रेजी शब्द नआएर ‘फाँडेज’ र ‘गैंडाज’ शब्द प्रयोग नगरेको स्पष्ट गरेका छन् ।
उनले भनेका छन्-
'अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्रीले अंग्रेजी भाषणमा डाँफेज र गैडाज् शव्द प्रयोग गर्नु भएको सन्दर्भमा सामाजिक संजालमा प्रधानमन्त्रीलाई ती शव्दको अंग्रेजी नआएको भनेर उडाउने प्रयास भइरहेको छ । त्यस विषयमा सामाजिक संजालमा एक प्रकारको बहस समेत चलाउने प्रयास भइरहेको छ । तर प्रधानमन्त्रीले केही समय पहिले नेपालमा नै अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीहरुलाई सम्वोधन गर्ने क्रममा नै डाँफे र गैडालाई अंग्रेजीमा समेत नेपाली नामवाटै सम्वोधन गर्नु उचित हुने विषय उठाउनु भएको थियो ।
उहाँको अमेरिका भ्रमणका सन्दर्भमा प्रयोग गरिएको सो शव्दलाई सोही परिप्रेक्षमा बुझ्नु पर्दछ । यद्यपी उहाँको त्यो विचारले अहिले नै मान्यता पाइहाल्छ भन्ने होइन । तर ज्ञान सिद्धान्त निर्माणमा पश्चिमाकरणको मान्यता मात्र ठिक भन्ने बौद्धिक मत उचित होइन । विश्वज्ञान सिद्धान्तको विकासमा एशियाली दृष्टिकोण आवश्यक छ भन्ने सत्यलाई बुझ्नु पर्दछ र त्यसलाई स्थापित गर्न निरन्तर प्रयास गर्नु पर्दछ ।'
यसअघि प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा भाग लिन अमेरिका गएका बेला प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा ‘गैंडाज’ र ‘डाँफेज’ शब्द प्रयोग गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ असोज २०८१, १२ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा एमालेका महासचिव पोखरेलको चुनाव खर्च १७ लाख बढी
महासचिव पोखरेलले सार्वजनिक गरे चुनावी एजेण्डा, के छन् प्रतिबद्धता?
‘सरकारका कामलाई प्रभावकारी रूपमा लैजान सके मात्र पार्टी बलियो हुन्छ’: महासचिव पोखरेल
एमालेको नीति राष्ट्रको नीति बन्न सकेको छैन : महासचिव पोखरेल
रास्वपा निराशा र पपुलिज्मको उपज हो : महासचिव पोखरेल
पार्टीका आन्तरिक विषय सम्बन्धित फोरममा मात्र छलफल गर्न महासचिव पोखरेलको निर्देशन