एजेन्सी । लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रमा ठूलो विस्फोटको आवाज सुनिएको छ।
बेरुतबाट आएको रिपोर्टअनुसार यो क्षेत्र स्थानीय एयरपोर्टभन्दा बाहिर छ र इजरायलले यहाँ हमला गरेको छ।
यसअघि इजरायली सेनाले मानिसहरूलाई यस क्षेत्रका दुईवटा भवनबाट बाहिर निस्कन आग्रह गरेको थियो।
इजरायलले वेस्ट बैंकमा पनि हमासविरुद्ध सैन्य कारबाही गरेको छ।
वेस्ट बैंकका प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले इजरायली आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको बताएका छन्।
अधिकारीहरुका अनुसार इजरायलले तुलकर्म शरणार्थी शिविरमा हवाई हमला गरेको छ।
इजरायलले यस हमलामा हमासका वरिष्ठ सदस्य जाही यासर अब्द अल रजाक मारिएको बताएको बीबीसीको समाचारमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १८ असोज २०८१, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाजामा इजरायलको पुन: घातक आक्रमण, एकै परिवारका ११ जनाको मृत्यु
इजरायल-हमास सम्झौतापछि गाजामा हर्षोल्लास
इजरायल-हमास सहमति : यी हुन् शान्ति सम्झौताका मुख्य बुँदा
इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजना हस्ताक्षर, ट्रम्पले भने- यो महान् दिन हो
इजरायल र हमासबीचको पहिलो वार्ता सकारात्मक
इजरायलद्वारा ७२ घण्टामा ६ देशमा आक्रमण, २०० जनाको मृत्यु