एजेन्सी । लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रमा ठूलो विस्फोटको आवाज सुनिएको छ।
बेरुतबाट आएको रिपोर्टअनुसार यो क्षेत्र स्थानीय एयरपोर्टभन्दा बाहिर छ र इजरायलले यहाँ हमला गरेको छ।
यसअघि इजरायली सेनाले मानिसहरूलाई यस क्षेत्रका दुईवटा भवनबाट बाहिर निस्कन आग्रह गरेको थियो।
इजरायलले वेस्ट बैंकमा पनि हमासविरुद्ध सैन्य कारबाही गरेको छ।
वेस्ट बैंकका प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले इजरायली आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको बताएका छन्।
अधिकारीहरुका अनुसार इजरायलले तुलकर्म शरणार्थी शिविरमा हवाई हमला गरेको छ।
इजरायलले यस हमलामा हमासका वरिष्ठ सदस्य जाही यासर अब्द अल रजाक मारिएको बताएको बीबीसीको समाचारमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १८ असोज २०८१, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
इजरायलले लेबनानमा ‘भीषण आक्रमण’,दक्षिण लेबनानका क्षेत्रहरू खाली गर्न आदेश
लेबनान-इजरायलबीच युद्ध विराम अवधि थप, संयुक्त राष्ट्रसंघ महासचिवद्वारा स्वागत
इजरायलस्थित नेपाली राजदूतावासले भन्यो-‘अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्नू’
इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण
इजरायली सुरक्षा प्रणालीमा इरानले दियो धक्का