एजेन्सी । इजरायलले एकै पटक गाजा, लेबनान र सिरियामा आक्रमण गरेको छ । बिहीबार बिहान लेबनानमा गरेको आक्रमणमा ६ जनाको ज्यान गएको छ ।
इजरायलले त्यहाँ रहेका स्थानीयलाई आफूहरूले आक्रमण गर्ने सूचना दिएर घर छाड्न समेत भनेको थियो । इजरायलले हिजबुल्लाहको संरचनामा प्रहार गरेको जनाएको छ । सिरियामा भएको आक्रमणमा ३ जना तथा गाजामा भएको आक्रमणमा ८ जनाको ज्यान गएको छ ।
दक्षिणी लेबनानको सीमामा दुई पक्षको बिचमा अझै पनि भूमि युद्ध नै जारी छ । बुधवार लेबनानको सीमामा ४०० मिटर परसम्म पुगेको इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले जनाएको छ । (आईडीएफ)ले लेबनानका ५१ गाउँका बासिन्दालाई आफूहरूले आक्रमणको तयारी गरेकाले घर छाड्न समेत भनेको थियो । बुधबारसम्म इजरायलले हिजबुल्लाहको ५० प्रतिशत संरचना नास गरेको जनाएको छ ।
यसैगरी हिजबुल्लाहले पनि लेबनानमा आक्रमण गर्ने तयारीमा रहेको इजरायलको सुरक्षा दस्तामा २ दर्जन पटक आक्रमण गरेको जनाएको छ ।
इरानका राष्ट्रपति मसुद पेजस्कियनले मंगलबार गरिएको मिसाइल आक्रमणको बारे प्रतिक्रिया दिएका छन् । पेजेस्कियनले इजरायलले प्रतिक्रिया जनाएमा यसको बदलामा इरान पनि चुप लागेर नबस्ने तथा अझ कठोर परिणाम आउन सक्ने जनाएका छन् । यस घटना पनि जोर्डन, अमेरिका र बेलायतले आक्रमणको निन्दा गरिसकेका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलसँगै इरानको आक्रमणको प्रतिकार जनाउने अधिकार भए पनि त्यहाँको आणविक भट्टीमा आक्रमण गर्ने कुरामा सहमत नभएको जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १७ असोज २०८१, ०९ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायलद्वारा गाजामा भीषण बमबारी, पूरै सहर कब्जा गर्ने तयारी
इजरायलले भन्यो-‘विपिन जोशीको अवस्था अज्ञात’
गाजाका केही क्षेत्रमा सैन्य गतिविधिमा अस्थायी रोक लगाउने इजरायलको घोषणा
गाजामा इजरायलले खसाल्न थाल्यो मानवीय सहायता
गाजामा हजारौँ भवन ध्वस्त पार्दै इजरायल
इजरायलको आक्रमणमा इरानका राष्ट्रपति घाइते : रिपोर्ट