गाजा । इजरायलले गाजामा गरेको ताजा आक्रमणमा परेर ९ जनाको मृत्यु भएको छ । अरु २० जना घाइते भएका छन् । इजरायली वायुसेनाले गाजामा हमासको कमाण्ड र कन्ट्रोल कम्प्लेक्समा आक्रमण गरेको थियो भन्दै इजरायली सेनाले माइक्रोब्लगिङ वेबसाइट एक्सको एउटा पोष्टमा लेखेको छ । यो कम्प्लेक्सलाई विगतमा उच्च विद्यालयको रूपमा प्रयोग गरिन्थ्यो ।
हमासले इजरायलमाथि आक्रमण गर्न विगतमा अल–बुरेइज प्रिपरेटरी स्कूल रहेको सोही भवनलाई प्रयोग गर्ने गरेको पोष्टमा भनिएको छ । आक्रमणमा सर्वसाधारणलाई कुनै क्षति नहोस् भन्ने सुनिश्चित गर्न कदम चालिएको इजरायली सेनाले बताएको छ ।
यसमा परिशुद्ध युद्ध सामाग्री, हवाई निगरानी र अतिरिक्त गुप्तचर जानकारीको प्रयोग समावेश भएको बताइएको छ ।प्यालेस्टिनी समाचार एजेन्सी वाफाले पनि इजरायलले गाजाका विस्थापित मानिसहरू बस्दै आएका एउटा विद्यालयमा हवाई आक्रमण गरेको बताएको छ ।
सामाजिक सञ्जालको पोस्टमा इजरायली सेनाले उल्लेख गरेकै विद्यालय हो कि होइन भनेर चाँहि समाचारमा खुलाइएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ असोज २०८१, १२ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायलले भन्यो-‘विपिन जोशीको अवस्था अज्ञात’
गाजाका केही क्षेत्रमा सैन्य गतिविधिमा अस्थायी रोक लगाउने इजरायलको घोषणा
गाजामा इजरायलले खसाल्न थाल्यो मानवीय सहायता
गाजामा हजारौँ भवन ध्वस्त पार्दै इजरायल
इजरायलको आक्रमणमा इरानका राष्ट्रपति घाइते : रिपोर्ट
गाजाको ८६ प्रतिशत भन्दा बढी क्षेत्र इजरायलको कब्जामा