काठमाडौँ । इजरायलमा इरानले मिसाइल हमला गरेपछि इरानको राजधानी तेहरानका सडकमा मानिसहरु खुसी मनाएको देखिएका छन् । बेलायती दूतावासबाहिर पनि केही मानिस भेला भएका थिए । मानिसहरूले यहाँ पनि उत्सव मनाए ।
यस क्रममा धेरै मानिसहरूको हातमा हिजबुल्लाह नेता नसरल्लाहको फोटो पनि देखियो । कतिपयले पटाका समेत पड्काएको मिडिया रिपोर्टमा उल्लेख छ । यसैबीच, इरान र इजरायलका राजदूतहरूले संयुक्त राष्ट्र संघमा आफ्नो धारणा तीव्र स्वरमा राखेका छन् । संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूतले इजरायलको थप कारबाहीको उचित जवाफ दिइने चेतावनी दिएका छन् ।
इरानले इजरायलमा मिसाइल आक्रमण गरेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बदला लिने कुरा गरेका छन् । उनले भने, ‘इरानले आज ठूलो गल्ती गरेको छ र त्यसको मूल्य चुकाउनुपर्नेछ । हामी हाम्रो नियममा अडिग रहनेछौं। जसले हामीलाई आक्रमण गर्छ, हामी उसलाई आक्रमण गर्नेछौं ।'
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १६ असोज २०८१, १२ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायलद्वारा ७२ घण्टामा ६ देशमा आक्रमण, २०० जनाको मृत्यु
इजरायलद्वारा गाजामा भीषण बमबारी, पूरै सहर कब्जा गर्ने तयारी
इजरायलले भन्यो-‘विपिन जोशीको अवस्था अज्ञात’
गाजाका केही क्षेत्रमा सैन्य गतिविधिमा अस्थायी रोक लगाउने इजरायलको घोषणा
गाजामा इजरायलले खसाल्न थाल्यो मानवीय सहायता
गाजामा हजारौँ भवन ध्वस्त पार्दै इजरायल