काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कोशी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएकाले सोही अनुसार हाइअलर्ट रहन सुरक्षा निकायका प्रमुखहरू, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रमुख जिल्ला अधिकारी, प्रदेशका सबै सुरक्षा संयन्त्र, र स्थानीय तहहरूलाई निर्देशन दिएका छन् ।
गृहमन्त्री लेखकले जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरेकाले सम्भावित जोखिमबाट बच्न आम नागरिकलाई सावधानी अपनाउन आग्रह गरे ।
“वर्षाको पूर्वानुमान गरिएअनुसार मैले कोशी र बागमती प्रदेशका प्रमुख जिल्ला अधिकारी, प्रदेश र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूलाई अलर्ट रहन निर्देशन दिएको छु”, उनले भने ।
थप समन्वय र सो सम्बन्धी आवश्यक काम कारवाहीका लागि गृह मन्त्रालयमा सुरक्षा निकायका प्रमुख र विपद् प्राधिकरण तयारी अवस्थामा रहन निर्देशन दिएको गृहमन्त्री लेखकले बताए ।
मन्त्री लेखकले यसअघिको बाढी र पहिरोले मुलुकका धेरै राजमार्गहरू अवरुद्ध रहनुका साथै पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्दा सावधानी अपनाउन सबैमा आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ असोज २०८१, ०९ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजीको नाममा धम्क्याउनेलाई नियन्त्रणमा लिने गृहमन्त्रीको चेतावनी
गृहमन्त्री र चिनियाँ राजदूतबीच भेट
गृहमन्त्रीसँग पाँच देशका राजदूतको भेट
सीआईबीमा पुगेर गृहमन्त्रीले किन यस्तो भने ?
प्रहरीलाई गृहमन्त्रीले भने - म अहिंसावादी हुँ, तपाईँहरू पनि त्यसैगरी पेश हुनुस्
उच्च मनोबलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई गृहमन्त्रीको आग्रह