काठमाडौं । गृहमन्त्री रमेश लेखकले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन्। गृहमन्त्री लेखकले बाढी, पहिरोसहितका प्राकृतिक विपतमा परेका नागरिकहरूको राहत, उद्दार तथा सहायता प्रभावकारी बनाउनेलगायतका विषयमा छलफल गर्न केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका हुन्।
बैठक सोमबार दिउँसो २ बजे सिंदहरबारस्थित गृहमन्त्रालयमा बस्नेछ। बाढी पहिरोमा परी हालसम्म १९३ जनाले ज्यान गुमाएका छन् । ३१ बेपत्ता छन् भने ९६ जना घाइते भएका छन्। हवाई उद्दारबाट २९४ जनाको सकुशल उद्दार गरिएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ असोज २०८१, १३ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सत्तामा टाँसिइरहने हाम्रो ध्यान छैन : गृहमन्त्री अर्याल
गृहमन्त्रीलाई कर्णालीका मुख्यमन्त्रीको प्रश्न- ठूला दललाई पाखा राखेर चुनाव हुन्छ ?
निर्वाचन बिथोलिन दिँदैनौँः गृहमन्त्री अर्याल
गृहमन्त्रीद्वारा प्रहरी वृत्त बौद्ध र प्रभाग साँखुको अवलोकन
देशको सुरक्षा अवस्थालाई सामान्य बनाउन सरकार सफल : गृहमन्त्री अर्याल
गृहमन्त्रीलाई जेन-जीले भने- भदौ २३ र २४ गतेका घटनाका दोषीलाई कारबाही गर्नुस्