काठमाडौँ । नेकपा (एमाले)ले नजिकिएको चाडपर्व लक्षित सुरक्षाबारे सरकारलाई ध्यानाकर्षणपत्र बुझाएको छ । एमाले केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले नजिकिएका चाडपर्वका सन्दर्भमा सरकारलाई विभिन्न विषयमा चार बुँदे ध्यानाकर्षणपत्र बुझाएको हो ।
शुक्रबार विभाग प्रमुख खिमलाल भट्टराई नेतृत्वको टोलीले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर दसैँ, तिहार, नेपाल संवत्, छठ र इद जस्ता चाडपर्व जनताले धूमधामसँग मनाउने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
एमालेले सडक, यातायात, होटलको खानालगायत सुरक्षाका विषय भरपर्दो बनाउन सरकारको ध्यानाकर्षण गरिएको भट्टराईले जानकारी दिए ।
साथै उनले चाडपर्वका समयमा हुनसक्ने अवाञ्छित क्रियाकलापहरू (अत्यधिक मदिरासेवन, जुवा तास, पटाका, आतिसवाजी) रोक्न स्थानीय प्रशासनहरूको प्रभावकारी परिचालन गर्न पनि सरकारलाई अनुरोध गएको जनाए ।
ध्यानाकर्षणपत्र बुझ्दै कार्यवाहक प्रधानमन्त्री सिंहले ध्यानाकर्षण गराएर सरकारलाई घच्घच्याउने प्रयास सकारात्मक रहेको बताए । उनले चाडपर्वका अवसरमा सरकारले नागरिकलाई दिनुपर्ने सेवामा कुनै कमी हुन नदिने आश्वासन दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ असोज २०८१, १५ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)