पोखरा । पर्यटन दिवसको अवसर पारेर पोखरामा असोज ११ गते अर्थात् शुक्रबार मिनी सडक महोत्सव हुने भएको छ ।रेस्टुरेन्ट एन्ड वार एसोसिएसन पोखरा (रेवान) को आयोजनामा मिनी सडक महोत्सव हुन लागेको हो ।
बेलुका साढे ४ बजेदेखि अम्बोटबाट बाराही चोकसम्म महोत्सव आयोजना गर्न लागिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिए ।
‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ आयोजित महोत्सवले आन्तरिक र बाह्य पर्यटक पोखरा भित्राउन सहयोग पुग्ने उनको दाबी छ ।
पोखरा पर्यटन परिषद्ले यो वर्षको पर्यटन दिवस ४ दिन विभिन्न कार्यक्रम गरी मनाउन थालेको हो । पहिलो दिन बुधबार पोखराको पर्यटन राजधानी–नीति संवाद कार्यक्रम भएको छ ।
यस्तै, उद्योग तथा पर्यटन मन्त्रालय, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरास्थित पर्यटकीय सङ्घसंस्थाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र पर्यटक बसपार्कमा पहिला आउने पर्यटकलाई बाजागाजा सहित सम्मान गरेका थिए ।
बिहीबार टान गण्डकीको आयोजनामा पोखरा–मोरिया–लप्सीबोट–भुकदेउराली सम्मको पदयात्रा सुरु भएको छ । अन्तिम दिन पोखरा पर्यटन परिषद्कै आयोजनामा ‘पर्यटन र शान्त’ शीर्षकमा ‘टक सो’ हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० असोज २०८१, १० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फुटपाथमा पुस्तक बिक्री नगर्न महावीर पुनलाई पोखराका मेयर आचार्यको आग्रह
जेनजीको पोखरामा पनि प्रदर्शन
बेमौसममा पनि पर्यटकलाई लोभ्याउँदै पोखराको ‘असारे रोपाइँ महोत्सव’
पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान सुरु
पोखरामा पनि पत्रकार हत्या र सञ्चारगृहमाथि भएको आक्रमणको विरोध