काठमाडौँ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य महावीर पुनलाई फुटपाथमा पुस्तक बिक्री नगर्न आग्रह गरेका छन् ।
म्याग्दीबाट प्रतिनिधि सभामा निर्वाचित महावीर पुनले गत सोमबार पोखराको सडक र चोकहरूमा उभिएर पुस्तक बिक्री गरिरहेको विषयमा मेयर आचार्यले ध्यानाकर्षण गराएका छन्। मेयर आचार्यले पुनलाई सांसदको भूमिका स्मरण गराउँदै बुधबार फेसबुकमा लेखेका छन्, ‘माननीयज्यू, अब तपाईँको भूमिका देशका लागि नीति र कानुन निर्माण गर्ने हो र पुस्तक व्यवसायीको भूमिका पुस्तक बिक्री–वितरण गर्ने हो ।’
उनले सांसद पुनलाई पुस्तकको स्टक उपलब्ध गराए पुस्तक व्यवसायी महासंघमार्फत् बिक्री गरेर भुक्तानी उपलब्ध गराउने पनि भनेका छन् ।
‘यदि तपाईँको पुस्तकको स्टक उपलब्ध गराउनु भयो भने हामी महासंघमार्फत् त्यसलाई बिक्री गरी उचित भुक्तानी तपाईंलाई उपलब्ध गराउन सहजीकरण गर्न सक्छौं,’ आचार्यले लेखेका छन् ।
उनले हालसम्म बिक्री–वितरण भएको पुस्तकको विवरण सार्वजनिक गर्न सकिए पारदर्शिता बढ्नुका साथै कर भुक्तानीसम्बन्धी उठ्न सक्ने प्रश्नहरूको पनि सहज जवाफ प्राप्त हुन सक्ने उल्लेख गरेका छन् ।
मेयर आचार्यले पुनको अभियान र उद्देश्यप्रति उच्च सम्मान व्यक्त गर्दै सहयोग र सहकार्यका लागि सदैव तयार रहेको पनि जानकारी गराउन चाहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ फागुन २०८२, ११ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजीको पोखरामा पनि प्रदर्शन
बेमौसममा पनि पर्यटकलाई लोभ्याउँदै पोखराको ‘असारे रोपाइँ महोत्सव’
पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान सुरु
पोखरामा पनि पत्रकार हत्या र सञ्चारगृहमाथि भएको आक्रमणको विरोध
पोखरा बेलुन विस्फोट घटनाको छानबिन समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन
मंगलबारदेखि पोखरा-छेन्दु नियमित उडान