कोलम्बो । श्रीलङ्कामा शनिबार पहिलो पटक राष्ट्रपति निर्वाचनको मतदान भएको छ । मतदान सकिएको केही घण्टापछि नै देशभर कर्फ्यु लगाइएको छ । मुलुकमा शान्तिपूर्ण रुपमा मतदान भएपनि सर्वसाधारणको सुरक्षालाई ध्यानमा राखेर यस्तो कदम चालिएको अधिकारीहरूले जनाएका छन् ।
मतगणना भइरहेका बेला सुरक्षा अधिकारीहरू सडकमा गस्ती गरिरहेका देखिएका थिए । यो निर्वाचनलाई सरकारको अर्थतन्त्रको व्यवस्थापनमा जनमत संग्रहका रूपमा हेरिएको छ ।
प्राप्त तथ्याङ्कले मुलुकमा करिब ७० प्रतिशत मतदान भएको देखाएको छ । राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे समेत कीर्तिमानी ३८ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
श्रीलङ्काको राष्ट्रपति चुनावमा हुलाक भोटको प्रारम्भिक नतिजाले प्रमुख वामपन्थी नेता अनुरा कुमारा दिसानायका अगाडि रहेको देखाएको छ । हुलाक मतपत्र सकिएपछि शनिबारको कागजी मतदानको गणना हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ असोज २०८१, १० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रीलङ्कामा बस दुर्घटना : २१ तीर्थयात्रीको मृत्यु, १४ गम्भीर घाइते
बाँदरका कारण श्रीलङ्कामा देशभरमा काटियो बिजुली
जापान र श्रीलङ्काका राजदूतद्वारा राष्ट्रपतिसँग बिदाइ भेट
श्रीलङ्काको नयाँ नेतृत्व मुद्राकोषको कर्जा सहयोग कार्यक्रम अघि बढाउन सहमत
श्रीलङ्काको एक धार्मिक शोभायात्रामा हात्तीको आक्रमण, १३ जना घाइते
श्रीलङ्कामा खाद्यान्नको मूल्य वृद्धि