काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कांग्रेस एमालेले संविधान पश्चमागी ढंगले संशोधन गरे देशमा अर्को जनआन्दोलन निम्तिने चेतावनी दिएका छन् ।
पार्टी बागमती प्रदेश कमिटीको दशौं राष्ट्रिय महाधिवेशन सन्देश सभालाई सम्बोधन गर्दै यो संविधान एउटा सम्झौताको संविधान भएको बताए । उनले भने, ‘संविधानभित्र पूँजीवाद पनि छ, समाजवाद पनि छ । यो संविधानमा रहेका समाजवादी पक्षधरलाई कसैले तलमाथि गर्छ भने हामी त्यसकाविरुद्ध फेरि राष्ट्रव्यापी आन्दोलन गर्छौँ । यो संविधानको रक्षाको लागि । केही काम नलाग्ने कुरा पनि छ । तर, संविधानलाई संशोधन गर्नुपर्छ भनेर ठूला पार्टीहरूले चलाइरहेका छन् । संविधानमा भएका प्रगतिवादी कुराहरूमध्ये कुनै पनि कुराहरूलाई पश्चगामी ढंगले संशोधन गर्ने प्रयास गरिन्छ भने त्यसमा यो देशमा अर्को जनआन्दोलन निम्याउँछ । दुई ठूला पार्टीहरुले आशा नगरेपनि हुन्छ ।’
उनले संविधानको रक्षाको लागि जस्तोसुकै मुल्य चुकाउन पनि आफूहरु तयार रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ असोज २०८१, १५ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ' : झलनाथ खनाल
देशलाई युक्रेन बनाउने प्रयास हुँदैछ, सबै कम्युनिस्ट एकताबद्ध बनौँ’: झलनाथ खनाल
तीन महिनाको उपचारपछि स्वदेश फर्किइन् झलनाथ पत्नी रविलक्ष्मी
प्रचण्डलाई भेट्न किन हात्तीवन पुगे झलनाथ खनाल ?
नेपाली कम्युनिस्ट पार्टीमा झलनाथ खनाललाई तेस्रो वरियता
पार्टी एकता सभामा सामेल भए झलनाथ खनाल