एजेन्सी । बिहीबार हिजबुल्लाहको हमलामा दुई इजरायली सैनिक मारिएका छन्।
हिजबुल्लाहले उत्तरी इजरायलमा गरेको ड्रोन र मिसाइल आक्रमणमा दुई इजरायली सैनिक मारिएका हुन्।
इजरायली सेनाले लेबनानसँगको सीमानजिकको क्षेत्रमा आफ्ना दुई सैनिक मारिएको जनाएको छ।
इजरायली सेनाका अनुसार हिजबुल्लाहको हमलामा नेल फोसी (४३ वर्ष) र टोमर केरेन (२० वर्ष) मारिएका हुन्।
इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले विज्ञप्ति जारी गरी उनीहरू लडाइँका क्रममा मारिएको बताएको छ।
इजरायलले लेबनानमा हिजबुल्लाहका धेरै स्थानमा बमबारी गरेका बेला यी सैनिकको मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०४ असोज २०८१, ०७ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली आक्रमणमा हिजबुल्लाहका सञ्चार प्रमुख मारिए
इजरायलमा हिजबुल्लाहको रकेट आक्रमण, ७ जनाको मृत्यु