काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी उपसभापति धनराज गुरुङको नाम सहकारीमा जोडिएको भन्दै निष्पक्ष छानबिन हुने बताएका छन् ।
मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
महामन्त्री थापाले कांग्रेस पार्टीका विधान, परम्परा, निर्णयहरुले कुनैपनि प्रकरणमा कानुन उल्लंघन गरेको भए उसले उन्मुक्ति पाउन नहुने बताए । उनले शक्तिशाली, सत्तासीन, नाता पर्ने जो कोही भएपनि आरोप प्रमाणित भए दण्ड व्यहोर्नुपर्ने बताए ।
उनले संसदमा नै उपसभापति गुरुङले सोबारेमा आफूमाथि छानबिन गर्न आग्रह गरेको भन्दै संसदीय समिति बनाएर छानबिन गर्न झनै सहज भएको बताए । उनले नाम जोडिएपछि छानबिनको दायरामा आउने बताए ।
महामन्त्री थापाले पार्टीको विधानले नै अपराध गरेको भए दण्ड व्यहोर्नुपर्ने भनेकाले कांग्रेसका उपसभापतिको नाम सहकारीका विषयमा जोडिएर आएको बारेमा किन मौन बसेको भन्ने प्रश्न नै नहुने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ भदौ २०८१, २० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मञ्चमा नेताहरूको दोहोरी बन्द गरेर कोठाभित्रै बहस गर्नु पर्यो : पूर्णबहादुर खड्का
गृहमन्त्री लेखक र रास्वपा उपसभापति अर्यालबिच भेट‚ के भयो कुराकानी ?
उपसभापति र महामन्त्रीसँग किन छलफल गर्दैछन देउवा ?