काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डाको मूल संवाहक राप्रपा नेपाल भएको बताएका छन् ।
काठमाडौंको जोरपाटीमा आयोजित क्षेत्रीय प्रशिक्षणमा बोल्दै थापाले सत्ता केन्द्रीत होइन सिद्धान्त केन्द्रित नीति र आन्दोलनलाई केन्द्रमा राखेर राष्ट्रबादी शक्ति एक ठाउँमा आउनुपर्नेमा समेत जोड दिए ।
थापाले नेपाली राजनीति ध्रुविकृत हुँदै गरेकोले साम्यवादी/पुँजिवादी शक्तिहरूको विकल्पमा राष्ट्रवादी शक्तिहरु पनि एक हुनुपर्ने जरुरी भएको बताए ।विगतका त्रुटिबाट सबैले पाठ सिकेर अघि बढ्नु पर्नेमा जोड दिदै थापाले एकताको न्युनतम शर्त 'सत्ता केन्द्रित होईन सिद्धान्तकेन्द्रित नीति र आन्दोलन' हुनुपर्ने समेत स्पष्ट पारे । उनले ०८४ साल अगावै भ्रष्ट शासकहरूबाट देशलाई मुक्त गर्नु पर्ने भएकोले आन्दोलनको तयारी गर्नुपर्ने आबश्यकता औल्याए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ भदौ २०८१, ०८ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजसंस्था र हिन्दुराष्ट्रलाई बिदेशीको इसारामा एम्बुसमा पारियो : कमल थापा
विपिनका बुवाआमालाई संयुक्त राष्ट्रसङ्घ लैजानु प्रत्युत्पादक हुन सक्छ : कमल थापा
बहुविवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु अनुचित : कमल थापा
मुलुक भ्रष्टाचारको आहालमा डुब्यो, अब राजसंस्था चाहिन्छ : कमल थापा
पत्रकार पाठकलाई पक्राउ पुर्जीप्रति कमल थापाको आपत्ति
'न्यायको नौसिङ हुन्छ भन्थे, हो रहेछ' : कमल थापा