एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कमला ह्यारिसलाई आफ्नो समर्थन रहने बताएका छन्।
पुटिनले प्रायः व्यङ्ग्यका साथ संयुक्त राज्य अमेरिकामा राजनीतिक र सामाजिक मुद्दामा टिप्पणी गर्ने गरेको पाइन्छ।
गत वर्ष उनले अमेरिकी राजनीतिक प्रणाली ‘बिग्रेको’ र वासिङ्टनले अन्य देशलाई लोकतन्त्रबारे सिकाउनु विरोधाभासपूर्ण भएको बताएका थिए।
रुसको भ्लादिभोस्तोकमा ‘इस्टर्न इकोनोमिक फोरम’का सन्दर्भमा आयोजित प्रश्नोत्तर सत्रमा पुटिनले भने, ‘अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना सबै समर्थकलाई श्रीमती ह्यारिसका पक्षमा उतार्न आवश्यक छ।’
उनले मुस्कुराउँदै थपे हामी उहाँ (ह्यारिस) लाई समर्थन गर्छौँं।’ रुसी नेता पुटिनले ह्यारिसको मुस्कानले उनका सबै कुरामा सही हुनुहुन्छ भन्ने देखाउने उल्लेख गरेका छन्।
उनले भने, ‘पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि अन्य कुनै अमेरिकी राष्ट्रपतिले भन्दा बढी प्रतिबन्ध लगाएको स्मरण गर्दै यदि ह्यारिसले राम्रो काम गर्ने भएमा सम्भवतः उहाँ यस्ता कार्यबाट टाढै रहनुहुनेछ।’
गत फेब्रुअरीमा पुटिनले ट्रम्पको सट्टा बाइडेनको समर्थन गर्दै वर्तमान राष्ट्रपतिलाई ‘अनुमानयोग्य’ भनेका थिए। पुटिनको यो टिप्पणी ह्वाइट हाउसले पुटिनलाई अमेरिकी चुनावबाट बाहिर रहन आग्रह गरेको एक दिनपछि आएको हो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २१ भदौ २०८१, ०७ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मस्को सधैँ तेहरानको वफादार साथी रहन्छ : पुटिन
युरोपले इच्छा देखाए तेल र ग्यास आपूर्तिमा सहकार्य सम्भव : पुटिन
युवा वैज्ञानिकहरूलाई पुटिनले दिए राष्ट्रपति पुरस्कार
फेब्रुअरी १ सम्म किभमा आक्रमण नगर्न पुटिन सहमत
रुसी जेलमा थुनिएका फ्रान्सेली अनुसन्धानकर्ताको मुद्दाबारे ‘अध्ययन गर्ने’ पुटिनको घोषणा
युक्रेनको सन्दर्भमा हाम्रा लक्ष्य पूरा भएरै छाड्नेछन् : पुटिन