काठमाडौं । धादिङको गजुरीमा पहिरो खसेपछि पृथ्वीराजमार्ग प्रभावित भएको छ ।
गजुरी गाउँपालिका-६ बेल्खुस्थित सडकमा माथिबाट लेदोसहितको पहिरो खसेपछि सडक एकतर्फी मात्रै सञ्चालन भएको छ ।
बिहान ८ बजे सडकमा लेदो माटो खसेपछि सवारीसाधन आवागमन प्रभावित भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार अहिले सडकमा खसेको लेदो हटाउने काम भइरहेको छ ।
सुरक्षाकर्मी र सडक विभागको टोलीले डोजरको प्रयोग गरेर लेदो हटाइरहेको प्रहरीले जनाएको छ । सडक केही समयमै पूर्णरुपमा सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ भदौ २०८१, ०८ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
पहिरोले देशका विभिन्न मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु
पहिरोमा परी इलाममा एकै परिवारका ६ जनाको मृत्यु, चार घाइते