जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पतालमा शुक्रबार राति ९ बजे छड्के अनुगमन गरेका छन् ।
रातका समयमा चिकित्सक तथा अभावमा बिरामीको उपचारमा कठिनाइ हुने गरेको जनगुनासोपछि मुख्यमन्त्री सिंहले अनुगमन गरेका हुन् ।
“अस्पतालको सेवा प्रवाहसम्बन्धी धेरै नजगुनासो आइरहेको छ । नेपाल सरकारको मापदण्डअनुसार मेसु तथा डाक्टर र कर्मचारीले ड्युटी गर्नुपर्छ”, मुख्यमन्त्री सिंहले भने, “कमी कमजोरी सुधार गरी प्रभावकारी सेवा प्रवाह गर्न आवश्यक छ ।” व्यवस्थापनमा कमी कमजोरी देखिएको भन्दै अस्पतालका मेसु (मेडिकल सुपरिटेन्डेन्ट) सुनिलकुमार कुसवाहलाई सम्बन्धित मन्त्रालयका तर्फबाट सोमबारसम्म स्पष्टीकरण सोधिने पनि मुख्यमन्त्री सिंहले बताए ।
अनुगमनका क्रममा मुख्यमन्त्री सिंहले अस्पतालका आकस्मिक कक्ष, प्रसूति गृह, प्रयोगशालालगायत निरीक्षण गरे । उनले ड्युटी चार्ट अवलोकन गरी चिकित्सक तथा स्वास्थ्यकर्मी आए, नआएका विषयमा खोजीनीति गरे। त्यस्तै, अस्पतालमा उपचार गराइरहेका बिरामी तथा कुरुवाहरूसँग पनि अस्पतालका सेवाबारे सोधपुछ गरे ।
त्यस क्रममा मुख्यमन्त्री सिंहले ड्युटीमा रहेका चिकित्सक र कर्मचारीलाई बिरामीको उपचारमा कुनै लापरबाही सह्य नहुने भन्दै सेवा प्रवाहमा तदारुकता देखाउन निर्देशन दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ भदौ २०८१, ०८ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस प्रदेशको राजनीतिमा नाटकीय मोड : प्रदेश प्रमुखले बिच बाटोमै यादवलाइ गराए नयाँ मुख्यमन्त्रीको शपथ
मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिने
सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलको शपथ आज
मधेस प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनलको दाबी पेस
मधेसको मुख्यमन्त्रीमा दाबी पेस गर्न अपराह्न ४ बजेसम्मको समय