इस्लामावाद । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा भारी वर्षापछि आएको पहिरोमा परेर एकै परिवारका १२ जनाको मृत्यु भएको छ । भारी वर्षाका कारण सो परिवार बस्दै आएको कच्ची घरको छाना खसेको माथिल्लो डीर जिल्लाका राहतकर्मीले बताएको भन्दै बीबीसीले समाचार छापेको छ ।
दुर्घटनाको समयमा परिवारका सदस्यहरू सुतिरहेका थिए ।भग्नावशेषबाट निकालिएकामध्ये यस परिवारका नौ जना बालबालिकाको शव रहेको बताइएको छ ।
खैबर पख्तुनख्वामा विगत एक महिनादेखि भारी वर्षा भइरहेको छ । जसका कारण बाढीले यहाँको एउटा ठूलो पुल पनि बगाएको छ । पहिरोका कारण काराकोरम राजमार्गको एक भाग पनि बन्द भएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ भदौ २०८१, १६ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तान एसिया कपको च्याम्पियन, भारतको १९१ रनले पराजित
पाकिस्तानी सीमा पार गर्ने भारतीय नागरिक पक्राउ
पाकिस्तानका पूर्व गुप्तचर प्रमुखलाई १४ वर्षको जेल सजाय
पाकिस्तानमा फेरि ‘आतंकवादी’ हमला
पाकिस्तानले अफगानिस्तानमा फेरि गर्यो हवाई हमला, १० जना मारिए : तालिबान
अफगानिस्तान-पाकिस्तान शान्ति वार्ता पुनः असफल