इस्लामावाद । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा भारी वर्षापछि आएको पहिरोमा परेर एकै परिवारका १२ जनाको मृत्यु भएको छ । भारी वर्षाका कारण सो परिवार बस्दै आएको कच्ची घरको छाना खसेको माथिल्लो डीर जिल्लाका राहतकर्मीले बताएको भन्दै बीबीसीले समाचार छापेको छ ।
दुर्घटनाको समयमा परिवारका सदस्यहरू सुतिरहेका थिए ।भग्नावशेषबाट निकालिएकामध्ये यस परिवारका नौ जना बालबालिकाको शव रहेको बताइएको छ ।
खैबर पख्तुनख्वामा विगत एक महिनादेखि भारी वर्षा भइरहेको छ । जसका कारण बाढीले यहाँको एउटा ठूलो पुल पनि बगाएको छ । पहिरोका कारण काराकोरम राजमार्गको एक भाग पनि बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ भदौ २०८१, १६ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानको क्वेटामा रेलमार्ग नजिक विस्फोट, २० जनाको मृत्यु, दर्जनौँ घाइते
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै
पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई हमला, ४०० जनाको मृत्यु
रवि-बालेनलाई पाकिस्तानी प्रधानमन्त्रीले दिए बधाई
खामेनीको हत्यापछि पाकिस्तानमा प्रदर्शन, २० जनाको मृत्यु