बर्दिया। बबई सिँचाइको नहरले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारबर्दिया नगरपालिका–९ कर्तनियाका तीन वर्षीया प्रिन्सा चौधरी रहेकी छिन् ।बिहीबार साँझ घरबाट हराएकी बालिकाको खोजतलासका क्रममा गएराति नहरको किनारमा बालिकाको चप्पल फेला परेको थियो ।
बालिकाको आज बिहान शव फेलापरेको बर्दिया जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।
नहर किनारमा चप्पल फेलापरेपछि प्रहरीले बालिका नहरमा बगेको आशङ्कामा खोजी गर्दै जाँदा चप्पल भेटिएको स्थानबाट चार किलोमिटर पश्चिमतर्फ वडा नं ९ स्थित धोविनपुर भन्ने ठाउँमा बालिकाको शव भेटिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ भदौ २०८१, १० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रकले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु
जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु
सर्पको डसाइबाट महिलाको मृत्यु
सुर्खेत प्रहरी हिरासतमा एक थुनुवाको मृत्यु
तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु