काठमाडौँ । नेकपा एकीकृत समाजवादीले अहिलेको पदाधिकारीलाई नै स्थायी कमिटी बनाउने निर्णय गरेको छ ।
बिहीबारको केन्द्रीय कमिटी बैठकले पदाधिकारीहरू रहेको स्थायी कमिटी बनाउने निर्णय गरेको हो । बिहीबार घनेन्द्र बस्नेत, बेदुराम भुसाल र प्रमेश हमाललाई वरिष्ठ नेता मनोनीत गरिएकाले एकीकृत समाजवादीको पदाधिकारी संख्या २४ पुगेको छ ।
दशौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल चयन भएका थिए । मंगलबार राजेन्द्र पाण्डे वरिष्ठ उपाध्यक्ष निर्विरोध भए ।
बाँकी ६ उपाध्यक्ष, चार उपमहासचिव र ७ सचिव मतदाबाट निर्वाचित भएका छन् । यिनै पदाधिकारी रहेको स्थायी कमिटी हुने बैठकले निर्णय गरेको छ । केन्द्रीय सदस्यहरूको मतदानबाट बिहीबार नै पोलिट्ब्यूरो गठन भएको छ । १०५ सदस्यीय पोलिटब्युरोको एकतिहाइ सदस्य स्थायी कमिटी रहने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ भदौ २०८१, १९ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बद्री न्यौपाने नेकपामा प्रवेश
हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित
लेखक तथा विश्लेषक युग पाठक नेकपा प्रवेश
ओखलढुंगामा एमालेको असन्तुष्टि झन् चर्किदो, बहुसंख्यक नेता आज नेकपामा समाहित हुँदैं
प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेकपाले टुंग्यायो उम्मेदवार (सूची)
सुमन सायमी नेकपामा प्रवेश