काठमाडौँ । नेकपा एकीकृत समाजवादीले अहिलेको पदाधिकारीलाई नै स्थायी कमिटी बनाउने निर्णय गरेको छ ।
बिहीबारको केन्द्रीय कमिटी बैठकले पदाधिकारीहरू रहेको स्थायी कमिटी बनाउने निर्णय गरेको हो । बिहीबार घनेन्द्र बस्नेत, बेदुराम भुसाल र प्रमेश हमाललाई वरिष्ठ नेता मनोनीत गरिएकाले एकीकृत समाजवादीको पदाधिकारी संख्या २४ पुगेको छ ।
दशौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल चयन भएका थिए । मंगलबार राजेन्द्र पाण्डे वरिष्ठ उपाध्यक्ष निर्विरोध भए ।
बाँकी ६ उपाध्यक्ष, चार उपमहासचिव र ७ सचिव मतदाबाट निर्वाचित भएका छन् । यिनै पदाधिकारी रहेको स्थायी कमिटी हुने बैठकले निर्णय गरेको छ । केन्द्रीय सदस्यहरूको मतदानबाट बिहीबार नै पोलिट्ब्यूरो गठन भएको छ । १०५ सदस्यीय पोलिटब्युरोको एकतिहाइ सदस्य स्थायी कमिटी रहने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ भदौ २०८१, १९ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ : नेकपा
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ
नेकपाले गठन गर्यो ५३३ सदस्यीय नेपाल दलित मोर्चा, संयोजक श्रीपाली र सहसंयोजक पासवान