काठमाडौं। नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनलाई भाषिक रूपमा मिलाएर केन्द्रीय समितिमा पास गर्ने भएको छ ।
सभापति शेरबहादुर देउवाले बिहीबार उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, त्यसैगरी महामन्त्रीद्वय थापा र शर्मासँग सहमतिका आधारमा प्रतिवेदनलाई भाषा मिलाएर केन्द्रीय समितिबाट पास गर्ने विषयमा छलफल गरेका हुन् ।
छलफलमा सहभागी भएका कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दुवै महामन्त्रीका प्रतिवेदनमा अब विवाद नहुने बताए ।
‘एउटा जीवन्त पार्टीमा फरक विचार आउँछन् तर, सँगै समाधानका पनि प्रयत्न हुन्छन् । आजको बैठकले १५औं महाधिवेशनदेखि नेताहरूको एक्जिट पोलिसीका विषयमा पनि सहमतिउन्मुख छलफल भएको छ,’ पौडेलले भने, ‘केही मिल्न बाँकी कुरा अब बैठक अगाडि पदाधिकारी तहमा मिल्छन् ।
तर, मुख्य समस्या देखिएका विषयमा अब विमति रहँदैन ।गत फागुनमा भएको महासमिति बैठकबाट केन्द्रीय समितिले सुझावलाई समेटेर पारित गर्नेगरी महामन्त्री थापाको सांगठनिक र शर्माको समसामयिक राजनीतिक प्रस्ताव पारित भएको थियो ।
तर, केन्द्रीय समिति बैठकमा थापाले चुनावी गठबन्धन गर्न नहुने, १५औं महाधिवेशन २०८२ मंसिरभित्रै गर्नुपर्ने र शर्माले नेताहरूको बहिर्गमनको प्रस्ताव ल्याएपछि संस्थापनले विरोध जनाएको थियो । दुवै महामन्त्रीले सेलिब्रेटी बन्न प्रतिवेदनमा रणनीतिक विषय घुसाएको भन्दै आलोचना भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ भदौ २०८१, १३ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस
‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’: डा. महत
सानेपाको अपार्टमेन्टमा कांग्रेसका पूर्वपदाधिकारीको छलफल
प्रतिनिधिसभा बैठकको ‘ग्याप’मा केन्द्रीय समिति बैठक बोलाउने कांग्रेसको तयारी