काठमाडौँ । नेपालमा घुम्न आएका भारतीय नागरिकलाई लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर–१० घर भएका ३४ वर्षीय विकाश बस्नेत र नमोबद्ध नगरपालिका–११ घर भएका ३९ वर्षीय सञ्जीव मोक्तान छन् ।
भदौ ४ मा उनीहरूले भारतीय नागरिक सुधीर मुहरालाई ठमेलबाट ट्याक्सीमा कीर्तिपुर लगेर लुटपाट गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।आरोपीहरूलाई कीर्तिपुरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए ।
उनीहरूमाथि थप अनुसन्धान गर्न अनुसन्धान कार्यालयले प्रहरी वृत्त कीर्तिपुरमा पठाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ भदौ २०८१, १० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ