एजेन्सी । बंगलादेशमा बाढीका कारण ११ जिल्ला प्रभावित भएका छन् । प्रभावित क्षेत्रमा करिब ४० लाख व्यक्ति बाढीबाट पीडित छन् ।
बीबीसीका अनुसार बंगलादेशमा २० अगष्टेखि आएको बाढीले उत्तर–पूर्वी, पूर्वी र दक्षिण–पूर्वी क्षेत्र चपेटामा परेका छन् । ती क्षेत्रका फेनी, कोमिला, मौलवीबजार, हबीगञ्ज र चटगाउँ सबैभन्दा बढी प्रभावित छन् ।
बंगलादेशको विपत व्यवस्थापन एवम् राहत मन्त्रालयका अनुसार बाढीका कारण कम्तीमा २३ जनाको मृत्यु भइसकेको छ । केही व्यक्तिहरु बेपत्ता छन् । लाखौं विस्थापित भएका छन् ।
रेलवे लाइन र राजमार्ग जलमग्न भएका छन् । राजधानी ढाका र चटगाउँबीचको सडक सम्पर्क टुटेको छ । फेनी, कमिला, र सिलहट जिल्लामा पनि यस्तै अवस्था छ ।
पहिरोका कारण चटगाउँ र कोक्स बजारमा रेलवे लाइनमा क्षति पुगेको छ । यस्तै अवस्था दोहाजरी र नजिरहाट रेलमार्गमा पनि छ ।
बंगलादेश बाढीको चपेटामा पर्दा स्थानीयको आक्रोश भने भारततिर छ । केही दिनयता बंगलादेशका संगठनहरुले आफ्नो देश बाढी, पहिरो र डुबानको चपेटामा पर्नुमा भारत जिम्मेवार रहेको आरोप लगाइरहेका छन् ।
बंगलादेश सरकारको पर्यावरण र जलवायु परिवर्तन तथा जल संशाधन मन्त्रालयका सल्लाहकार सैयदा रिजवाना हसनले भारतले नै दोषी देखाएका थिए । उनले भारतले त्रिपुराको डम्बुर जलविद्युत् परियोजनाको बाँध खोल्नुअघि बंगलादेशलाई सूचना नदिएका कारण समस्या भएको बताएका थिए ।
बंगलादेशका सञ्चार माध्यमले पनि यही विषयलाई प्राथमिकतामा राखेर समाचार प्रकाशन प्रसारण गरे । स्थिति यति गम्भीर भयो कि भारतीय विदेश मन्त्रालयले विज्ञप्ति नै निकालेर खण्डन गर्नुपर्यो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १३ भदौ २०८१, १० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाढीले नवलपरासीमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
उदयपुरमा उर्लियो बाढी, सतर्कता अपनाउन चेतावनी
आसाम बाढी पहिरोमा मृत्यु हुनेको संख्या १२ पुग्यो, १२ सय गाउँ डुबानामा
बाढीले निर्माणाधीन ‘एसियन हाइवे’का तीन डाइभर्सन बगायो
बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध
बाढीले झापाको सुगाबथानका २२ घर डुबानमा