काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक आज बस्दै छ । केन्द्रीय समिति बैठकमा पेस भएका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माका प्रतिवेदनमा छलफल गर्न पार्टी सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् ।
बैठक सभापति देउवाको निवास बुढानीलकण्ठमा बिहान नौ बजे बोलाइएको छ । सभापति देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बोलाएको देउवाको सचिवालयले जनाएको छ ।
गत बुधबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा महामन्त्री शर्माले संशोधित प्रस्ताव पेस गरेका छन्, जसमा राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपटक, मन्त्री तीनपटक र सांसद चार पटकभन्दा बढी हुन नपाउने नीतिगत व्यवस्था गर्नुपर्ने उल्लेख छ । साथै उनले चुनावी गठबन्धन पनि अनुपयुक्त भएको उल्लेख गरेका छन् ।
अर्का महामन्त्री थापाले सांगठनिक प्रस्तावमा चुनावी गठबन्धन गर्न नहुने मत गत फागुनको बैठकमा नै पेस गरेका थिए । थापाले पूर्ववत् प्रतिवेदन केन्द्रीय समिति बैठकमा पनि पेस गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ भदौ २०८१, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजेन्द्र बजगाईंले छोडे कांग्रेस
कांग्रेसको संसदीय नेता चयन वैशाख ४ गते
कांग्रेसको १५औँ महाधिवेशन कार्यतालिका रोक्न माग गर्दै सर्वोच्चमा रिट, पेसी आज
प्रधानमन्त्रीलाई कांग्रेस सांसद् कर्णले भने- आउनुहोस्, राष्ट्रिय एकता गरौँ
कांग्रेस संसदीय दलको बैठक बस्दै, को बन्ला दलको नेता ?
भीष्मराजले धोका दिएपछि नयाँ नेता खोज्दै देउवा पक्ष