काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक आज बस्दै छ । केन्द्रीय समिति बैठकमा पेस भएका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माका प्रतिवेदनमा छलफल गर्न पार्टी सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् ।
बैठक सभापति देउवाको निवास बुढानीलकण्ठमा बिहान नौ बजे बोलाइएको छ । सभापति देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बोलाएको देउवाको सचिवालयले जनाएको छ ।
गत बुधबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा महामन्त्री शर्माले संशोधित प्रस्ताव पेस गरेका छन्, जसमा राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपटक, मन्त्री तीनपटक र सांसद चार पटकभन्दा बढी हुन नपाउने नीतिगत व्यवस्था गर्नुपर्ने उल्लेख छ । साथै उनले चुनावी गठबन्धन पनि अनुपयुक्त भएको उल्लेख गरेका छन् ।
अर्का महामन्त्री थापाले सांगठनिक प्रस्तावमा चुनावी गठबन्धन गर्न नहुने मत गत फागुनको बैठकमा नै पेस गरेका थिए । थापाले पूर्ववत् प्रतिवेदन केन्द्रीय समिति बैठकमा पनि पेस गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ भदौ २०८१, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसमा अनुशासन समितिको निर्णयबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउन माग
कांग्रेसमा अनुशासन समितिको निर्णयबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउन माग
प्रदेश सरकारसँग असमझदारी हटाउन प्रतिनिधि खटाउने काँग्रेसको निर्णय
उद्धार र राहतमा युद्धस्तरमा लाग्न कांग्रेसको आग्रह
कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने
कांग्रेस केन्द्रीय समिति बैठक सकिँदै