काठमाडौँ । काठमाडौँ महानगरपालिका–१० शंखमुलस्थित द टाइम पास स्नुकर एण्ड खाजा घरमा रूपक बान्तवाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको सिम्रौनगढ घर भएका २२ वर्षीय एमके कुमार छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएका अनुसन्धान अधिकृतहरूले उनलाई पक्राउ गरेका हुन् । भदौ १० मा बिहान ४० वर्षीय रूपक बान्तवाले आफ्नै घरमा सञ्चालन गरेको स्नुकरमा उनको हत्या भएको हो ।
बिहान १ बजेर ५० मिनेटमा सूचना पाएपछि प्रहरी पुग्दा बान्तवा स्नुकर रुमको सोफामा रगतपच्छे अवस्थामा पल्टिरहेका थिए । मिनभवनस्थित सिभिल अस्पतालका चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन् ।
एमके कुमारलाई घटनास्थल नजिकैको रहेको उनको डेराबाट पक्राउ गरिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ भदौ २०८१, १४ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ
लागुऔषध सहित सात जना पक्राउ
राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ