काठमाडौ । काठमाडौँको बुद्धनगरमा खाजाघर र पुलहाउस सञ्चालक गर्दै आएका एक व्यक्तिको हत्या भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले ४० वर्षीय रुपक बान्तवाको हत्या भएको जानकारी दिए।
बान्तवाले काठमाडौँ महानगरपालिका- १० शंखमुलस्थित बागमती कोरिडोरको सुकुम्बासी बस्तीमा रहेको आफ्नै २ तले घरको भुइँ तल्लामा ‘द टाइम पास स्नुकर एण्ड खाजा घर’ सञ्चालन गर्दै आएका थिए।
उनको हत्या कसले र किन गर्यो खुलेको छैन। ‘घटनाका सम्बन्धमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी बृत्त नयाँ बानेश्वरबाट आवश्यक अनुसन्धान भैरहेको छ,’ एसपी अधिकारीले भने।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० भदौ २०८१, १० : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१३ वर्षीया किशोरीको हत्या आरोपमा एकजना पक्राउ
धनुषामा गोली प्रहारबाट वडाअध्यक्षको हत्या, प्रहरी जवान पक्राउ
जबरस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या
पाँचथरमा छोराद्वारा बाबुको हत्या
गुल्मीमा छोराले गरे बुवाको हत्या, आमामाथि पनि आक्रमण
छोराले गरे आमाको हत्या