काठमाडौँ। नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री रमेश रिजालले आगामी चुनावमा आफू सहभागी नहुने स्पष्ट घोषणा गरेका छन्।
जगरनाथपुर गाउँपालिका-५, मसिहानीमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै रिजालले प्रतिनिधिसभाको निर्वाचनमा पर्सा-४ बाट पराजित भइसकेको स्मरण गर्दै अब चुनाव नलड्ने निर्णय सार्वजनिक गरेका हुन्।
रिजालले भने, “अब म चुनाव लड्दिनँ, तर जनताको सेवा जारी राख्नेछु। मेरो शिक्षा र मार्गदर्शन यही नै हो जुन मैले पिताबाट पाएको छु।”
उनले पर्सा-४ को विकास र समृद्धिका लागि व्यक्तिगत रूपमा सबै प्रकारको सहयोग गर्न तयार रहेको पनि बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० फागुन २०८२, १९ : ५१
लेखकबाट थप