काठमाडौँ । झन्डै ४ करोड मूल्य बराबरको लागु औषध कोकिनसहित प्रहरीले एक विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आईभोरी कोष्टका नागरिक भमरा कोन रहेका छन् ।उनको साथबाट १ किलो ८८ ग्राम कोकिन फेला परेको लागु औषध नियन्त्रण ब्युरोका सूचना अधिकारी प्रेम बहादुर शाहीले आइतबार जानकारी दिए ।
गत भदौ ३ गते कतार एयरलाइन्सको उडानद्वारा नेपाल आएका उनलाई कोकिनका ६९ वटा क्याप्सुलसहित जिल्ला राजधानीको ठमेल ज्याठास्थित एक होटेलबाट पक्राउ गरिएको उनले बताए ।उक्त कोकिनका क्याप्सुलहरू निजले खेलौनाभित्र लुकाएर राखेको अवस्थामा बरामद गरिएको उनको भनाइ छ ।
अभियुक्त उक्त क्याप्सुलहरू नाइजेरियाबाट निलेर ईथोपियाबाट दोहा हुँदै काठमाडौँ आएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ । निज उपर लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको ब्युरोले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ भदौ २०८१, ११ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ
पटाकासहित एक जना पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
माइतीघरमा प्रदर्शन गर्न खोज्ने दुई जना पक्राउ
प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ