एजेन्सी । पश्चिमी जर्मनीको सोलिङ्गेन सहरमा चक्कु प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन् ।
शुक्रबार साँझ सहरको केन्द्रमा एक उत्सवको समयमा आक्रमण भएको थियो। आक्रमणकारी अझै फरार रहेको बताइएको छ ।
बिल्ड वेबसाइटका अनुसार एक व्यक्तिले अन्धाधुन्ध रूपमा छुरा प्रहार गरेका थिए। आक्रमणकारीको व्यापक रूपमा खोजी भइरहेको छ । प्रहरीको हेलिकप्टरहरू सहर माथि घुमिरहेको देखिएको छ।
बिल्डका अनुसार प्रहरीले छुरा प्रहार गर्ने सन्दिग्धको खोजीमा ४० वटा सवारी साधन परिचालन गरेको छ। सवारी साधनहरू विशेष टास्क फोर्सका अधिकारीहरूले कमान्ड गरिरहेका छन्। सडकहरू अवरुद्ध गरिएको छ भने अधिकारीहरूले स्थानीय बासिन्दाहरूलाई घर भित्रै बस्न भनेका छन् ।
आक्रमणको समयमा औद्योगिक सहर स्थापना भएको ६५० औँ वर्षगाँठ मनाइँदै थियो । घटनापछि उत्सवका कार्यक्रमहरू रद्द गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ भदौ २०८१, ०८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घरको छतबाट खसेर प्रहरीका असईको मृत्यु
स्करपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बस र ट्रक ठोक्किँदा १० जना घाइते
एकै परिवारका ६ बालबालिकाको नदीमा डुबेर मृत्यु
नवलपरासीमा पोखरीमा डुबेर दाजुभाइको मृत्यु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु