पञ्चकन्या माई हाइड्रोपावरको अध्यक्षबाट श्रेष्ठले दिए राजीनामा

सफल खबर संवाददाता

शुक्रबार, ०७ भदौ २०८१, १३ : ३०
पञ्चकन्या माई हाइड्रोपावरको अध्यक्षबाट श्रेष्ठले दिए राजीनामा

काठमाडौँ । पञ्चकन्या ग्रुप अन्तर्गतको पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको सञ्चालक समितिको अध्यक्षबाट प्रेमबहादुर श्रेष्ठले राजीनामा दिएका छन् । आफ्नो स्वास्थ्य प्रतिकूलतालाई कारण देखाउँदै श्रेष्ठले २०८१ साउन १० गते सञ्चालक समिति समक्ष राजीनामा पेस गरेका थिए ।

सोही श्रेष्ठको राजीनामाको सन्दर्भमा निर्णय गर्न भदौ ५ गते बसेको हाइड्रोपावरको सञ्चालक समितिले राजीनामा स्वीकृति गरेको हो ।  योसँगै सोही बैठकले ललितपुर महानगरपालिका वडा नं. १८ का ध्रुव कुमार श्रेष्ठलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय समेत गरेको छ ।

समितिबाट राजीनामा दिएर बाहिरिएका प्रेमबहादुर श्रेष्ठ र नवनियुक्त अध्यक्ष ध्रुवकुमार श्रेष्ठ दुबै जना स्वतन्त्र सञ्चालकबाट आएका हुन् । कम्पनीले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सिडिएस एण्ड क्लियरिङ्ग र लक्ष्मी सनराईज क्यापिटललाई बोधार्थ जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस