काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रदेश परामर्श बैठक आजदेखि शुरु भएको छ । माओवादी केन्द्रको यसअघि साउनमा बसेको पदाधिकारी बैठकले गरेको निर्णय अनुसार केन्द्रिय समिति बैठक अघि प्रदेश परामर्श बैठक गर्न लागेको हो ।
आज र भोलि बागमती प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक शुरु भएको छ ।त्यस्तै उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशमा कार्यरत केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र ७ र ८ गते बस्ने छ ।
त्यसैगरी गण्डकी प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको वैठक भाद्र ९ र १० गते बस्ने छ भने सुदुपश्चिम प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको वैठक भाद्र १२ र १३ गते बस्ने भएको छ ।
त्यसैगरी कर्णाली प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको वैठक भाद्र १४ र १५ गते बस्ने छ भने लुम्विनी प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र १६ र १७ गते बस्ने भएको छ ।
त्यसपछि भाद्र १८ र १९ गते तीन वटै केन्द्रीय आयोगका सदस्यहरूको बैठक बस्ने माओवादी केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ भदौ २०८१, १४ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै