तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँमा कुवा सफा गर्ने क्रममा निसासिएर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ३८ वर्षका यम बहादुर विक र १६ वर्षका मुकेश विक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक दाम प्रसाद श्रेष्ठले जानकारी दिए ।
सरसफाइ गर्न कुवा भित्र पसेका दुबैजना बेहोस भएपछि अम्बापुर बेस क्याम्पबाट अक्सिजन सहित गएको नेपाली सेना र नेपाल प्रहरीको टोलीले उद्धार गरेर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाएको थियो ।
बेहोस अवस्थामा अस्पतालमा लगिएका दुबैजनालाई चिकित्सकले ११ बजे मृत घोषणा गरेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए । घटना आज बिहान ८ बजेको भएपनि प्रहरीलाई खबर ९ बजे गरिएको थियो ।‘सुरुमा यामबहादुर कुवामा पस्नुभयो । उहाँ कुवामा पसेर नबोलेपछि फेरी मुकेश जानुभयो उहाँ पनि त्यही बेहोस हुनुभयो ।’ श्रेष्ठले भने।
दुबैजना बिना डोरी १५ हात गहिरो कुवामा पसेका कारण असजिलो हुने वित्तकै निस्कन नसकेको प्रहरीले बताएको छ । दुवै जनाको शवलाई पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ भदौ २०८१, १२ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खोलामा डुबेर एक जनाको मृत्यु
कारको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु