हुम्ला । जिल्लाको दक्षिण भेगको चङ्खेली गाउँपालिकामा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा पाँच जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दका अनुसार कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको जिप चङ्खेली–२ गर्खाबाट देउली बजारतर्फ गइरहेको मुगु सडकको गौरी सल्लामा दुर्घटना भएको हो । चालकसहित सात जना सवार जिपमा पाँच जना सख्त घाइते भएको र दुई जनाको अवस्था सामान्य रहेको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकामा चङ्खेली गाउँपालिकाका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तिलबहादुर शाही, १५ वर्षीय रविन शाही र मुगुको छायाँनाथ नगरपालिका–१३ का ४० वर्षीय पृथ्वी रावत र रमेश मल्ल सख्त घाइते छन् । बाजुरा बुढीनन्दा नगरपालिका–४ का सावरी चालक महेन्द्रविक्रम शाह र चङ्खेली–२ का मायादेवी शाही सामान्य घाइते भएका छन् ।
दुर्घटना हुनासाथ मिमी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बालकृष्ण खण्डाको नेतृत्वमा खटिएको सात जनाको टोली घटनास्थलमा पुगेर उनीहरूको उद्धार गरिएको हो । गौरी सल्लामा दुर्घटना भएको जिप सोही स्थानको मोडमा मोड्ने क्रममा सडकबाट एक सय ५० मिटर तल खसेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ भदौ २०८१, ११ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुकुम पूर्वको जिप दुर्घटनापछि राजनीतिक कार्यक्रम श्रद्धाञ्जली सभामा रूपान्तरण
रोल्पा जिप दुर्घटना अपडेट : मृतकको संख्या २० पुग्यो
रोल्पाको जलजलामा जिप दुर्घटना
स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटना, एकको मृत्यु, २१ जना घाइते
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु
बागलुङमा जिप दुर्घटना, सात जना घाइते