हुम्ला । जिल्लाको दक्षिण भेगको चङ्खेली गाउँपालिकामा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा पाँच जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दका अनुसार कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको जिप चङ्खेली–२ गर्खाबाट देउली बजारतर्फ गइरहेको मुगु सडकको गौरी सल्लामा दुर्घटना भएको हो । चालकसहित सात जना सवार जिपमा पाँच जना सख्त घाइते भएको र दुई जनाको अवस्था सामान्य रहेको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकामा चङ्खेली गाउँपालिकाका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तिलबहादुर शाही, १५ वर्षीय रविन शाही र मुगुको छायाँनाथ नगरपालिका–१३ का ४० वर्षीय पृथ्वी रावत र रमेश मल्ल सख्त घाइते छन् । बाजुरा बुढीनन्दा नगरपालिका–४ का सावरी चालक महेन्द्रविक्रम शाह र चङ्खेली–२ का मायादेवी शाही सामान्य घाइते भएका छन् ।
दुर्घटना हुनासाथ मिमी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बालकृष्ण खण्डाको नेतृत्वमा खटिएको सात जनाको टोली घटनास्थलमा पुगेर उनीहरूको उद्धार गरिएको हो । गौरी सल्लामा दुर्घटना भएको जिप सोही स्थानको मोडमा मोड्ने क्रममा सडकबाट एक सय ५० मिटर तल खसेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ भदौ २०८१, ११ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रक र कार एकापसमा ठोक्किँदा वृद्धको मृत्यु
बागलुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु
हुम्ला जिप दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट लगियो सुर्खेत
हुम्लाको चंखेलीमा जिप दुर्घटना
जिप दुर्घटनामा एकको मृत्यु, तीन घाइते
डडेलधुरामा भएको जिप दुर्घटनामा ४ जनाको मृत्यु , ६ जना घाईते