काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनैपूर्णिमा पर्वको अवसरमा देशवासी सबैलाई शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत जनैपूर्णिमा, रक्षाबन्धन, ऋषि तर्पणी तथा राखी पर्वको अवरमा शुभकामना दिएको हो ।
जनैपूर्णिमा (रक्षाबन्धन) का दिन गुरु पुरोहित, आफन्तजन एवं इष्टमित्रसँग जनै लगाउने र रक्षाबन्धन बाँध्नाले शत्रुबाट रक्षा हुने जनविश्वास रहिआएको उनले उल्लेख गरेको छ ।
यसैबीच प्रधानमन्त्री ओलीले जनैपूर्णिमा, रक्षाबन्धन तथा ऋषि तर्पणीका अवसरमा आज दिउँसो ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका राजदिदीहरुबाट रक्षाबन्धन ग्रहण गरे। प्रधानमन्त्री निवास बालुवाटारमा परिवारजनका अन्य सदस्यहरूले पनि रक्षाबन्धन ग्रहण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ भदौ २०८१, १७ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली असोज ५ मा अमेरिका जाने
‘लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ, ‘जिएसाइ’मा समर्थन गरेका छैनौँ’ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान
प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी
प्रधानमन्त्री ओली र उपराष्ट्रपति हानबीच भेटवार्ता
बेइजिङ पुगे प्रधानमन्त्री ओली