जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–२ माझगाउँमा आज बिहान पहिरोमा परेर एकाघरका तीनजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, उनकी पत्नी ३४ वर्षीया मनिसा परियार र उनीहरुका दुई वर्षीय छोरा शिभम परियार छन्।
उनीहरु भूकम्पपीडितका लागि निर्माण गरिएको अस्थायी टहरामा बस्ने गरेका थिए। टहरामै पहिरो खस्दा उनीहरुको मृत्यु भएको नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतले जानकारी दिए।
इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरीक्षक माधवप्रसाद चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको छ। घटनास्थल नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्ली नजिकै छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ भदौ २०८१, १० : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले घर पुरिँदा चार जना घाइते
पहिरोले विद्यालय भवन भत्किँदा पठनपाठन प्रभावित
पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा
बाढी र पहिरोले यी राजमार्गमा अवरोध
पहिरोले अरनिको राजमार्ग बन्द
पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध