जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–२ माझगाउँमा आज बिहान पहिरोमा परेर एकाघरका तीनजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, उनकी पत्नी ३४ वर्षीया मनिसा परियार र उनीहरुका दुई वर्षीय छोरा शिभम परियार छन्।
उनीहरु भूकम्पपीडितका लागि निर्माण गरिएको अस्थायी टहरामा बस्ने गरेका थिए। टहरामै पहिरो खस्दा उनीहरुको मृत्यु भएको नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतले जानकारी दिए।
इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरीक्षक माधवप्रसाद चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको छ। घटनास्थल नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्ली नजिकै छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ भदौ २०८१, १० : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध
महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
पहिरोले देशका विभिन्न मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध